VOOZH about

URL: https://www.imagekhabar.com/news/260496/

⇱ धान नाच लोप हुने खतरा बढ्दै - Imagekhabar - Online News Portal of Nepal Imagekhabar – Online News Portal of Nepal


👁 Logo
२१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026

न्युज अफ नेपालसर्च गर्नुहोस्

👁 Imagekhabar – Online News Portal of Nepal


👁 Image
👁 Image
👁 Image

प्रकाश पाक्साँवा
तेह्रथुम । पूर्वी नेपालमा बसोबास गर्ने लिम्बु समुदायको आफ्नै भाषा, लिपी, कला, संस्कार र संस्कृति रहेको छ । धाननाच लिम्बू समुदायको मौलिक संस्कृतीभित्र पर्ने लोकप्रिय सभ्यता हो ।

विशेषगरी सोल्टी–सोल्टिनी वा साइनो–सम्बन्ध नलाग्नेबीच हात समाएर गोलो घेरा बनाएर नाच्नु लिम्बू जातिको विशेषता हो । विवाह, शुद्धाइँ तथा विभिन्न चाडपर्व र मेलामा नाचिने यस्तो नृत्यलाई याःलाङ अर्थात् धाननाच भनिन्छ ।

यो सुखदुखको समयमा साइनो नलाग्ने महिला र पुरुषले हातमा हात समाएर गोलाकार घेरामा घुम्दै, अघि पछि सर्दै मुन्धुमको साथमा नाचिने यालाङ नाचको बेला गाइने गीत ‘पालाम’ हो । रोजगारीका लागि युवा विदेश जाने र अघिल्लो पुस्ता अस्ताउँदै गएपछि धाननाच संकटमा पुगेको थानाहाङ तिगेलाका अध्यक्ष याक्थुङ चुम्लुङले बताउनुभयो ।

मेला, उत्सव, विवाह, भोज, बजारमा मायाप्रीति साट्दै दुःखसुख पोख्ने माध्यमको रुपमा नाचिँदै आएको धाननाच पछिल्लो समय उधौली–उभौली पर्व तथा औपचारिक कार्यक्रममा मात्रै सीमित हुन थालेको छ । युवा पुस्ताको रुचि जाग्ने खालका कार्यक्रम ल्याउन आवश्यक रहेको संस्कृति अभियन्ता टेकराज तिगेला बताउँनुहुन्छ ।

धाननाच पूर्वका तेह्रथुम, धनकुटा, संखुवासभा, पाँथचर, इलाम, ताप्लेजुङ्गलगायतका पूर्वी पहाडी जिल्लामा बसोबास गर्ने लिम्बू समुदायले नाच्ने गरेका छन् । लोप हुँदै् गएकोे संस्कार र संस्कृति संरक्षणका लागि ध्यान दिनु युवापुस्ताको दायित्व हो ।

👁 Image
👁 Image
👁 Image
👁 Image

ImageKhabar

सम्पर्क

Registration No: 219/073-74
Image Group Of Company
Lazimpat Road Block A,
Kathmandu 44600

ई–मेल:
[email protected]
Department of Image Group of Company
Director: Raj Manandhar
Editor: Dipendra Raj Dangol

हाम्रो टीम

©2026 Imagekhabar – Online News Portal of Nepal | Website by Appharu.com